म स्वास्थ्यकर्मीको साथमा छु :जनार्दन शर्मा

no-image
२०७८ जेठ १४ गते शुक्रबार ०३:०६

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अस्पतालमा डाक्टर र नर्समाथि आक्रमण गर्नु जघन्य अपराध भएको बताएका छन्। डाक्टर र नर्समाथि वाडमै आक्रमण गर्नु जघन्य अपराध भएको भन्दै शर्माले उनीहरूको सुरक्षाको माग गरेका छन्।...

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अस्पतालमा डाक्टर र नर्समाथि आक्रमण गर्नु जघन्य अपराध भएको बताएका छन्। डाक्टर र नर्समाथि वाडमै आक्रमण गर्नु जघन्य अपराध भएको भन्दै शर्माले उनीहरूको सुरक्षाको माग गरेका छन्। उनले आफू स्वास्थ्यकर्मीको साथमा रहेको बताएका छन्।

अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन् गम्भीर विषय बनेको उनले उल्लेख गरेका छन्। दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार गर्न माग गरेका छन्। भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि आक्रोशित आफन्त स्वास्थ्यकर्मीमाथि नै आक्रमणमा उत्रिएपछि उनले सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन्।

‘महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरू माथि वाडमै आक्रमण गर्नु जघन्य अपराध हो,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन् गम्भीर विषय बनेको छ। दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस्। सत्ताको अराजकता सबैतिर फैलिन थाल्यो यो गम्भीर विषय हो।उनले थपेका छन् -म स्वास्थ्य कर्मिको साथमा छु |

यो पनि – केही नर्स ज्यान जोगाउनकै लागि अस्पतालको छतबाट पनि हाम फाल्नुपर्‍यो,’ उनले भने।उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।रावतका आफन्तले अस्पताल तोडफोड पनि गरेका थिए। ‘पंखा, टेबुल, कुर्सी र झ्याल ढोकासमेत तोडफोड गरेका छन्,’ श्रेष्ठले भनअस्पतालभित्रै रहेका एक कुरूवाले फोन गरेर बिरामीको मृत्यु भएको भन्दै अरू आफन्तलाई अस्पताल आइहाल्न भनेका थिए।त्यसको केहीबेरमा उनीहरूले चिकित्सकमाथि आक्रमण गरेका थिए।

आफूहरूलाई आक्रमण गरेको विरोधमा गए राति अबेरसम्म चिकित्सक र नर्सहरूले अस्पताल परिसरमै विरोध गरिरहेका थिए। आक्रमण गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग उनीहरूको थियो।अस्पताल विकास समितिका सदस्य श्रेष्ठकाअनुसार घटनापछि स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेका छन् र काममा आउन मानिरहेका छैनन्।उनकाअनुसार अस्पतालमा एक सय ७० जनाभन्दा बढी बिरामी छन्। ज्यानको सुरक्षा नभएको भन्दै चिकित्सक अस्पताल आउन नमानेका हुन्।यसबारे बाँके प्रशासनमा अहिले छलफल जारी छ। प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समिति र चिकित्सक तथा स्वास्थ्यकर्मीबीच छलफल भइरहेको छ।

पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए।एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि उनको जागिर गएको थियो।उनी एमाले दाङ जिल्ला सचिवालय सदस्य पनि हुन्।देउखुरीकी एक जना महिलामाथि बलात्कार अभियोगमा उनीमाथि मुद्दा पनि चलेको थियो।राजनीतिक शक्ति र सत्ताको आडमा जोगिँदै आएका व्यक्ति पुन: स्वास्थ्यकर्मीमाथि हातपातमा उत्रिएकोले छानविन गरी दोषी पाइएमा कानुनअनुसार कारवाही गर्न स्वास्थ्यकर्मीहरूले माग गरेका छन|

प्रकाशित मिति २०७८ जेठ १४ गते शुक्रबार ०३:०६
प्रतिक्रिया दिनुहोस्