बागलुङको बडिगाड गाउँपालिका वडा नं. १ र ४ जोड्ने लब्दीखोलामा पाँच वर्षे कार्यकालले हेर्न नभ्याएको विचित्रता यसपटक चुनावको नयाँ नतिजापछि सामाजिक सञ्जालमा देखा पर्यो ।
अहिलेसम्म त्यहाँका कुनैपनि राजनैतिक दल र त्यसका कार्यकर्ताको कानमा वतास नलाएको विकासको यो कुरुप तस्वीर उनीहरु आफैले बाहिर ल्याएका छन् । आवश्यकता कति हो वा हाईन त्यो उपभोगकर्ताको नजरले अझ प्रष्ट पार्ने छ तर अनावश्यक भएको भए त्यसको औचित्य बाहिर ल्याईने थिएन भन्ने बुझिन्छ ।
यस्ता विकासको नजरबन्दीमा परेका अनेकन कुरुपताहरु जहाँतहीं बग्रेल्ती छन् । जनप्रतिनिधिहरुको आँखाको रतन्धोपन हट्न नसक्ने गरि फिजिएका छन् । झाँगिएका छन् । तर यसपटक के कति आँखाहरु फेरबदल भए भएनन् । तिनले कस्तो चस्माले हेर्छन त्यो बाँकी बक्यौता भइरहँदापनि सरोकारवालाको नजर पुगोस् । जनताको आसा भरोसा र अपेक्षाको निर्वाचन लाइनले स्वस्तिकताको जागरण गरोस् । भोटरहरु यसको बाटो हुँदै वारपार गरोुस् ।










