देशमा राज गर्नेहरु पजेरोमा शयर गर्छन । साइडमा गर्लफ्रेन्ड घुमाउँछन् । रेष्टुराँमा चिकेनचिल्ली र पिजा बुकाउँछन् । त्यहाँ राष्ट्रको कोष भुत्ल्याईन्छ । गन्ने मान्ने र जान्ने तान्नेहरुको रजाई भइरहेको देशमा देश माराहरुलाई कर तिर्ने जनताका छोराछोरी जिन्दगकिो एउटा विवाहमा साइकल यात्रा सुरु गर्छन र सत्ताका मुसाहरुलाई ठहरै पर्नेगरि व्यङ्ग्य गर्छन ।
विवाहमा तयार भएका बेउला बेउली साइकल यात्रा गरेर यो देशको शासन व्यवस्था, त्यसका व्यवस्थापकहरु प्रतिको नैतिक प्रश्न र राज्यकोष हसुर्ने छुचुन्द्राहरुलाई मुसेरी देखाइदिएका मात्र थिए ।
दैनिक जसो पेट्रोलियम पदार्थको मूल्य आकासिदै गएको छ छ । उपल्ला तहमा रजाई गर्नेहरुले निःशुल्क सवारी र तेल लिएर मोज गरिरहेका छन् । देशका भूँइ मान्छेहरु सकसमा छन् । साइकल लिएर सडक छिर्यो भनेपनि तिनै राज्यका महामहिमहरुको पाँग्राले उडाएको धूलो, राजइ कोषको दोहनबाट उत्रेको धुँवा र विकासे सडक हिलोको फन्दामा पर्ने नै हो । सार्वजनिक सवारी चढ्यो, गोजिको सानो नोटले भ्याउँदैन । रानेजगारी र कर्मका कुरा गरौं अधर्मि राजनीति उनी खान बार कार गठजोड गरेर मोज गर्छन व्याकमेलिङमा परेका जनताको थुतुनोमा लोप्पाको लोप्पा हो ।
साइकलमा कुदिरहेका लालजोडि बेउला बेउलीले यो देशका बेकाम शासकहरुको व्यवस्थाले प्रदान गरेको अवसरलाई विश्वले हेरोस् र ऋण पत्याओस भन्ने कामना अधिक रहेछ । जो देखाइदिए । अव रंगिन रातमा वत्ति नभमएपनि हुन्छ । एक थान बचेरो जन्माएर १८/१९ पाि पास्पोर्ट थाम्ने मान्छे भइदियो भो यि नेताका भावी अहरु पुस्तालाई भोकै मर्नु पर्देन्थ्यो कि ?










