भारतबाट नेपाल छिरेर नेपाली युवती वलात्कार गरेको आरोपमा रुपन्देहीबाट चार भारतीयसहित छ जना पक्राउ परेका छन्।
भारतबाट नेपाल छिरेर गएको असोज ३ गते रुपन्देहीको सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ मा रहेको होटल आरोमामा २१ वर्षीया युवती वलात्कार गरेको आरोपमा चार भारतीयसहित छ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरुमा भारत महाराजगञ्जका ३७ वर्षिय अफरोज समी, सोही ठाउका २७ वर्षिय सालु खान, ३१ वर्षिय अत्तर खाँन र गोरखपुरका २७ वर्षिय बब्लु खाँन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए । उनीहरुको साथमा सोहि आरोपमा दुई नेपालीहरु रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षिय साहरुख तेली र सोही ठाउको २५ वर्षिय अकबर खाँन पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
पिडित युवतीले आफूमाथि होतालामा जबरजस्ती करनी भएको भन्दै उजुरी दिए पछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
आरोपितहरुलाई असोज ४ गते रुपन्देही जिल्ला अदालतमा पेश गरि थप अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।










