नेपालका केही भुभागबाट बाहिरिन थाल्यो मनसुन

नेपालका केही भुभागबाट बाहिरिन थाल्यो मनसुन
२०८१ असोज २० गते आईतबार ०९:२९

पोखरा असोज २१/ नेपालका केही भूभागबाट यो वर्षको मनसुन बाहिरिएको छ। गत असार पहिलो साता भित्रिएको मनसुन बाहिरिन थालेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिमसहित कर्णाली...

पोखरा असोज २१/ नेपालका केही भूभागबाट यो वर्षको मनसुन बाहिरिएको छ। गत असार पहिलो साता भित्रिएको मनसुन बाहिरिन थालेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिमसहित कर्णाली प्रदेशका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन हटेको हो।

मनसुनी वायु कमजोर हुँदै गएकाले केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।अक्टोबर २ भित्र नेपालबाट पूर्ण रूपमा मनसुन हटिसक्नुपर्ने भए पनि हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो मनसुन बाहिरिने गरेको मौसमविद्हरुले बताउने गरेका छन्।मौसम प्रणाली बाहिरिन थाले पनि आगामी ३ दिन भने वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताए। केही दिनदेखि तापक्रम पनि घट्दै गएको बताउँदै विभागले अबका दिनमा प्रश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने बताएको छ।

 

 

 

 

प्रकाशित मिति २०८१ असोज २० गते आईतबार ०९:२९
प्रतिक्रिया दिनुहोस्