धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु

धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु
२०८१ असोज २३ गते बुधबार १०:१५

धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ। हाईक्याम्प आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरूको शव मंगलबार भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार...

धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ। हाईक्याम्प आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरूको शव मंगलबार भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो।

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो। शव ल्याउने तयारी भइरहेको छ।
आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँं पठाइएको छ।

प्रकाशित मिति २०८१ असोज २३ गते बुधबार १०:१५
प्रतिक्रिया दिनुहोस्