दशैंको रमाइलोमा पिङ खेल्दै गर्दा खसेर पर्वतमा एक युवाको निधन

दशैंको रमाइलोमा पिङ खेल्दै गर्दा खसेर पर्वतमा एक युवाको निधन
२०८१ असोज २३ गते बुधबार ०९:०३

नेपालीको महान चाड दशैंको रमाइलो गर्ने क्रममा पिङ खेल्दै गर्दा खसेर पर्वतमा एक युवाको निधन भएको छ। पिङ खेल्ने क्रममा पिङबाटै खसेर पर्वतको कुश्मा नगरपालिका-१ पाङस्थित ततरकोटका २४ वर्षीय संजय परियारको मृत्यु भएको हो। जिल्ला प्रहरी...

नेपालीको महान चाड दशैंको रमाइलो गर्ने क्रममा पिङ खेल्दै गर्दा खसेर पर्वतमा एक युवाको निधन भएको छ।

पिङ खेल्ने क्रममा पिङबाटै खसेर पर्वतको कुश्मा नगरपालिका-१ पाङस्थित ततरकोटका २४ वर्षीय संजय परियारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टका अनुसार , मंगलबार साँझ करिब ५ बजे पिङ खेल्दै गर्दा हात फुस्किएर जमिनमा बजारिएका परियारको टाउकोमा गम्भीर चोट लागेको थियो। लगत्तै उनलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

पाङका स्थानीय जयकृष्ण सुवेदीका अनुसार परियारको परिवारमा तीन वर्षीय र १५ महिने गरेर दुई छोराहरु, श्रीमती र आमा छन्। आर्थिक अवस्था निकै कमजोर रहेको परिवारका आवश्यकता टार्न संजयकै भर थियो। उनको मृत्युले परिवार थप सङ्कटमा परेको छ।

प्रकाशित मिति २०८१ असोज २३ गते बुधबार ०९:०३
प्रतिक्रिया दिनुहोस्