न्यायालयप्रति विश्वास छ, सघाउँछौँ : उपसभापति डिपी अर्याल

न्यायालयप्रति विश्वास छ, सघाउँछौँ : उपसभापति डिपी अर्याल
२०८१ कार्तिक ३ गते शनिवार ०३:४६

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरू विश्वस्त रहेको बताएका छन् । सो पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उहाँले निष्पक्ष...

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरू विश्वस्त रहेको बताएका छन् ।

सो पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उहाँले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताए । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा सहकारी पीडितका पक्षमा रहेको र दोषीलाई दिन नहुनेमा जोड दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले व्यक्तिगत इगो साधेर पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएका छन्।

यहाँस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न निजलाई शुक्रबार पक्राउ गरी यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

प्रकाशित मिति २०८१ कार्तिक ३ गते शनिवार ०३:४६
प्रतिक्रिया दिनुहोस्