पोखरा महानगरपालिका वडा ८ न्यूरोड बस्ने भिम बहादुरको कोठाबाट सुनको सिक्री, एउटा घडी र नगद समेत चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कात्तिक १ गते भएको चोरीमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले गोरखा भिमसेन ६ का घर भई पोखरा महानगरपालिका वडा नम्बर १५ घलेचोक बस्ने ३९ बर्षिय राम बहादुर नेपाली र २६ बर्षिय गोमा गुरुङलाई पक्राउ गरेको हो ।
चोरी भएको सुनको सिक्री दुई टुक्रा पारिएको अवस्थामा १ थान, घडी १ थान र विभिन्न कम्पनीका मोवाईल ३ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बयाएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८१ कार्तिक ९ गते शुक्रबार ०८:००