पोखरामा निर्माणाधीन एक लक्जरी रिसोर्टको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित मेथलाङमा बन्दै गरेको लि-ग्लामर लगजरियस रिसोर्टको सेरवालको जग खन्ने क्रममा आइतबार राती करीब साढे नौ बजेको समयमा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको हो।
उक्त घटनामा परेर गम्भीर घाइते भएका बर्दिया जिल्ला घर भएका २३ वर्षीय मजदुर सन्त कुमार दहितको चरक मेमोरियल अस्पताल पोखरामा उपचार हुँदाहुँदै मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ।
सोहि घटनामा परेर घाइते भएका चार जना मजदुरहरु बर्दियाका २९ वर्षीय बाबुराम चौधरी तथा २६ वर्षीय राजेश चौधरी, दाङका २० वर्षीय अमृत चौधरी र २३ वर्षीय बिजय चौधरीको उपचार भैरहेको प्रहरीलाई उद्धृत गर्दै सामाचारस्रोतले जनाएको छ।
घाइतेहरुमध्ये अमृत चौधरी बाबुराम चौधरी र राजेश चौधरीको ढाड र खुट्टामा चोट छ छ भने बिजय चौधरीको दुबै खुट्टा र हातमा चोट रहेको बताइएको छ।
घाइतेहरु सबैको उपचारको खर्च ब्यबस्था हाललाई ठेकदार टेक बहादुर नेपाली र रिसोर्टको कर्मचारी बिबेक मगरले लिएको प्राप्त समाचारमा जनाइएको छ।










