रवि लामिछाने विरुद्ध चितवनमा पनि जाहेरी

रवि लामिछाने विरुद्ध चितवनमा पनि जाहेरी
२०८१ मङ्सिर ७ गते शुक्रबार ०२:३१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका बचतकर्ताले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन् । प्रहरीको...

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका बचतकर्ताले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन् ।

प्रहरीको अनुसन्धानबाट सहारा सहकारीको १० करोड ८० लाख रुपैयाँ अवैध हिसाबले गोर्खा मिडिया नेटवर्कमा जम्मा भएको देखिएको छ ।

लामिछाने र जोशीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कास्कीमा अनुसन्धान भइरहेको छ ।

रवि कास्की प्रहरी हिरासतमा छन् भने जोशीलाई अनुसन्धानका लागि काठमाडौं लगिएको छ ।

उनीहरुमाथि सूर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसूरमा अनुसन्धान भइरहेको छ ।

लामिछानेलाई यही ९ मंसिरमा कास्की जिल्ला अदालतमा पुनः म्याद थपका लागि लैजाने प्रहरीको तयारी छ ।

प्रकाशित मिति २०८१ मङ्सिर ७ गते शुक्रबार ०२:३१
प्रतिक्रिया दिनुहोस्