पोखरा मंसिर २३/ पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाको आर्थिक सहयोग कोशिश सस्थाको समन्वयनमा २० जना मानसिक स्वास्थ्य समस्या अनुभव गरेका व्यक्तिहरुको लागि स्वास्थ्य बिमा गरिएको कोशिश संस्थाका सामुदायिक अभियान कर्ता युमाया थापाले जानकारी दिनुभयो ।
कोशिश कास्की सस्था मार्फत २० जना मानसिक स्वास्थ्य समस्या अनुभव गरेका ब्यक्ति र परिवारका सदस्यले प्रत्यक्ष लाभ हुने गरि मंसिर २१ गते देखि २३ गते सम्म ३ हजार ५ सयको दरले ७० हजार बराबरको स्वास्थ्य बिमा गरिएको हो । उँहाहरुको स्वास्थ्य बिमा बिमाकर्ता जानुका थापा र सिता थापा मार्फत गरिएको हो ।बाकिँ रहेको रकमले पनि पुन अन्य कार्यक्रम गर्ने तयारी रहेको अभियान कर्ता थापाले जानकारी दिनुभयो ।
नेपालका हरेक नागरिकको स्वास्थ्य अधिकारलाई सुनिस्चित गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको छ । यस कार्यक्रमले व्यक्तिको स्वास्थ्यमा जुनसुकै बेला आइपर्ने समस्या र यसको उपचारबाट कोही पनि नागरिक वञ्चित हुनुहुँदैन भन्ने उदेश्यले लागु गरिएको कार्यक्रम हो । सबै नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज तरिकाले प्रदान गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको अभियान कर्ता थापाले उल्लेख गर्नुभयो ।
कोशिश सस्थाले बिगत केहि वर्ष देखि पोखरा महानगरपालिका संग नियमित समन्वय र सहकार्य मार्फत मानसिक वा मनोसामाजिक अपांगताको क्षेत्रमा निरन्तर पैरवी गर्दै बजेट विनियोजन गर्दै आइरहेको छ ।
बजेट कार्यावन्यन गर्नको लागि मानसिक वा मनोसामाजिक समस्या अनुभव गरेका व्यक्ति मार्फत खोलिएको सस्था कोशिश कास्की मार्फत गत वर्ष पो.म.न.पा ले मनोसामाजिक अपाङ्गता लक्षित् कार्यक्रम अभिभावक समेतलाई रातो किताब तथा बार्षिक बिकास कार्यक्रममा बजेट विनियोजन गरि कार्यावन्यन समेत गर्दै आइरहेको छ ।त्यसै गरि आ.व.०८१÷०८२ मा १ लाख बजेट विनियोजन गरेकोले सोहि बजेट कार्यावन्यन गर्नको लागि कोशिश सस्थाले कोशिश कास्कीलाइ पोखरा महानगर पालिका संगको नियमित समन्वय र सहकार्य गराईएको हो । गएको मंसिर ५ गते पो.म.न.पा र कोशिश कास्की बीच कार्यक्रम सम्पन्न गर्नको लागि दुइ तर्फी सम्झौता गरिएको थियो। स्वास्थ्य बिमा कर्ता जानुका थापा मार्फत स्वास्थ्य बिमा गरिएको हो ।बाकिँ रहेको रकमले अन्य कार्यक्रम गर्ने तयारी रहेको हो सस्थाले जनाएको छ ।












