पोखरामा आयोजना हुने २६ औं सडक महोत्सव पौष १३ देखि

पोखरामा आयोजना हुने  २६ औं सडक महोत्सव पौष १३ देखि
२०८१ मङ्सिर २४ गते सोमबार ०९:०८

पोखरा, २४ मंसिर/ २६ औं संस्करणको पोखरा सडक महोत्सव यही पुष १३ गतेदेखि १७ गतेसम्म पोखराको लेकसाईडमा हुने भएको छ । रेष्टूरेन्ट एण्ड बार एशोशिएसन, रेवान पोखराको आयोजनामा बगित २५ वर्ष देखि निरन्तर गर्दै आएको सडक महोत्सव यसपटक २६ औं...

पोखरा, २४ मंसिर/ २६ औं संस्करणको पोखरा सडक महोत्सव यही पुष १३ गतेदेखि १७ गतेसम्म पोखराको लेकसाईडमा हुने भएको छ ।

रेष्टूरेन्ट एण्ड बार एशोशिएसन, रेवान पोखराको आयोजनामा बगित २५ वर्ष देखि निरन्तर गर्दै आएको सडक महोत्सव यसपटक २६ औं संस्करणको रुपमा पोखराको लेकसाईडको ३ किलोमिटर क्षेत्रमा आयोजना गरिने भएको छ ।

महोत्सवका संयोजक विकास भट्टराईले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवर्धन गर्र्न “सडकमै खाउँ, सडकमै रमाउँ” भन्ने उदेश्यका साथ आयोजना गर्न लागिएको बताए ।

महोत्सवमा नेपाली कला, संस्कृतिको प्रवर्धन, स्थानीय उत्पादनहरुको बजारीकरण, प्रचार, व्यापार बढाउन तथा ब्राण्डिङका विभिन्न पक्षहरुको एउटै थलो बनेको महोत्सवमा लोपोन्मुख सामग्रीको संरक्षण्, स्थानीय आर्थिक गतिविधिलाई चालयमान बनाउन, विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सिर्जना गर्नका लागि राम्रो माध्यम बन्ने अपेक्षा गरिएको छ ।

विदेशी नागरिकहरु नयाँ वर्ष मनाउन विभिन्न देशहरुमा जाने चलन रहेको छ । यस्तै नेपाली जाने चलन रहेकोमा बिगत २५ वर्षदेखि विदेश गएकालाई पनि यहिं मनाउन बोलाउने र विदेशीलाई पनि आर्षिक गर्ने वातावरण बनाउदै आएको बताइएको छ ।

संयोजक भट्टराईका अनुसार महोत्सवको मुख्य आकर्षणमा जातजातीका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, खाना प्रदर्शनी, लाईभ कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, मःम ससेज खाने प्रतियोगिता, चेतनामूलक नाटक लगायतका विषयहरु समेटिएका छन् । यस्तै पोखराको पर्यटनको विकास, प्रवर्धन, अवसर र चूनौतीका विषयमा छलफल गरिने भएको छ ।

स्थानीय उत्पादनको प्रवर्धन, हस्तकला, चित्रकला, मुर्तिकला, कृषि उपजहरुको प्रदर्शनी गरिने भएको छ । यस्तै पोखराका विभिन्न साहसिक खेलहरुको डकुमेन्ट्री प्रदर्शन, सो क्षेत्रका व्यवसायीले पसल निर्धारण गरिएको ठाउँमा अगाडी ल्याएर व्यवसाय प्रवर्धन गरिने भएको छ ।

महोत्सवको प्रयोजकमा गोर्खा ब्रुअरीको टुबोर्ग बियर, सहप्रायोजकमा ज्याक डेनियल ह्वीस्कि, पेप्सी, जिंक, खुकुरी रम रहेका छन् । होत्सवको प्रवर्धनमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखर पर्यटन परिषद रहेका छन् ।

प्रकाशित मिति २०८१ मङ्सिर २४ गते सोमबार ०९:०८
प्रतिक्रिया दिनुहोस्