हात्ती महोत्सवमा जंगली हात्ती आइपुगेपछि भयो भागाभाग

हात्ती महोत्सवमा जंगली हात्ती आइपुगेपछि भयो भागाभाग
२०८१ पुस १५ गते सोमबार ०५:०९

चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेपछि भागाभाग भएको छ । अचानक हात्ती आइपुगेपछि आयोजक र सहभागीहरू भागाभाग भएका हुन् । महोत्सवको अन्तिम दिन सोमबार महोत्सवस्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो ।...

चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेपछि भागाभाग भएको छ । अचानक हात्ती आइपुगेपछि आयोजक र सहभागीहरू भागाभाग भएका हुन् ।

महोत्सवको अन्तिम दिन सोमबार महोत्सवस्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । बाघमारा सामुदायिक वनको चौरमा हात्ती महोत्सव समापन चलिरहँदा जंगली हात्ती आएको हो ।

अहिले कार्यक्रमस्थलबाट हात्ती धपाउने प्रयास भइरहेको आयोजकले बताएका छन् तर जंगली हात्ती फर्कीफर्की आइरहँदा आयोजक र कार्यक्रमका पाहुना तनावमा परेका छन् ।

अहिले त्यहाँ नेपाली सेना पनि तैनाथ छ । समापन समारोहमा जंगली हात्ती प्रवेश गरेपछि महोत्सवका पुरस्कार वितरण कार्यक्रम स्थगित भएका छन् ।

प्रकाशित मिति २०८१ पुस १५ गते सोमबार ०५:०९
प्रतिक्रिया दिनुहोस्