बागलुङमा ८४ वर्षीया वृद्धालाई झुक्याई रकम ठगेर भागेका दुई जना पोखराबाट पक्राउ

बागलुङमा ८४ वर्षीया वृद्धालाई झुक्याई रकम ठगेर भागेका दुई जना पोखराबाट पक्राउ
२०८१ पुस १८ गते बिहिबार ०८:१९

बागलुङमा ८४ वर्षीया वृद्धालाई झुक्याई रकम ठगेर भागेका दुई जना पोखराबाट पक्राउ परेका छन्। बागलुङ नगरपालिका वडा नम्बर २ समिटचोकस्थित मथुरा किराना पसलमा सामान किन्ने बहाना बनाएर संचालिका ८४ वर्षीया वृद्धा पुर्णकुमारी शाक्यलाई...

बागलुङमा ८४ वर्षीया वृद्धालाई झुक्याई रकम ठगेर भागेका दुई जना पोखराबाट पक्राउ परेका छन्।

बागलुङ नगरपालिका वडा नम्बर २ समिटचोकस्थित मथुरा किराना पसलमा सामान किन्ने बहाना बनाएर संचालिका ८४ वर्षीया वृद्धा पुर्णकुमारी शाक्यलाई झुक्याएर रकम ठगी गरेर भागेका दुई जना पोखराबाट पक्राउ परेका हुन्।

उक्त आरोपमा बागलुङको निसिखोला गाउँपालिका वडा नं.१ बस्ने बर्ष २९ का हुम बहादुर मगर र सोही ठाउँका बर्ष ३५ का सुरज थापालाई पोखरा महानगरपालिका वडा नम्बर १ जौबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।

उनीहरुलाई बुधबार दिउसो वडा प्रहरी कार्यालय बगर पोखराको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

पोखराबाट पक्राउ परेका दुवै जनाको साथबाट चोरी भएको ३५ हजार रुपियाँ पनि बरामद भएको प्रहरीले बताएको छ।

उनीहरुविरुद्ध आज बागलुङ जिल्ला अदालत बागलुङबाट चोरी सम्बन्धी कसूरमा सात दिनको म्याद थप भै अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता डिएसपी बिजय यादबले जानकारी दिए।

 

प्रतिक्रिया
प्रकाशित मिति २०८१ पुस १८ गते बिहिबार ०८:१९
प्रतिक्रिया दिनुहोस्