अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड

अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड
२०८१ पुस २१ गते आईतबार ०७:२२

सिराहा । सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडि तोडफोड भएको छ । आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् । बा २ झ ३६४३ नं...

सिराहा । सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडि तोडफोड भएको छ ।
आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् ।
बा २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले आफैंले स्वीकार गरेकी छिन् । तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।

प्रकाशित मिति २०८१ पुस २१ गते आईतबार ०७:२२
प्रतिक्रिया दिनुहोस्