सिन्धुलीमा माइक्रो बस दुर्घटना : एक जनाको मृत्यु, अन्य ११ जना यात्रु घाइते

सिन्धुलीमा माइक्रो बस दुर्घटना : एक जनाको मृत्यु, अन्य ११ जना यात्रु घाइते
२०८१ माघ ५ गते शनिवार १०:४०

माघ २०८१।काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारजनको अवस्था गम्भीर छ। बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा...

माघ २०८१।काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारजनको अवस्था गम्भीर छ।

बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा बिहीबार साँझ बा.३ ख ८४४५ नम्बरको माइक्रो सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका- १० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको जिप्रका सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए।

‘दुर्घटनामा गम्भीर घाइते भएका गुप्ताको उपचारको क्रममा गएराति काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो,’ खड्काले भने, ‘घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भीर छ।’

गम्भीर अवस्थाका दुई घाइतेलाई धुलिखेल अस्पतालबाट राति नै काठमाडौँको ट्रमा सेन्टरमा लगिएको डीएसपी खड्काले बताए। जनकपुर १२ का २३ वर्षीय रिचवन नदाफ र मनिका नदाफको हाल ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ। बाँकी दुई घाइतेको धुलिखेल अस्पतालमै उपचार भइरहेको डीएसपी खड्काले बताए।

त्यसैगरी चारजना घाइतेको खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। सामान्य उपचारपछि दुईजना भने डिस्चार्ज भएका छन्।

गाडी गुडिरहेको बेला टायर पञ्चर हुँदा माइक्रो बस डिभाइडरमा ठोकिएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा धनुषा जनकपुर उपमहानगरपालिका २१ का २३ वर्षिय रिचवन नदाफको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भिर छ । यस्तै, सोहि स्थानका २१ वर्षिय मोनिका नदाफको पनि अवस्था गम्भिर रहेको प्रहरीले जानकरी दिएको छ ।

ओखलढुङगा सुनकोशी गाउँपालिका ६ का ३० वर्षिय सपना आले सोहि स्थानका ३ वर्षिय रियान्सी आले, धनुषा विध्या नगरपालिका ५ का २४ वर्षिय विवेक यादव र सोहि स्थानका २१ वर्षिय रहित महत सिंह घाइते भएका छन् ।

यस्तै, धनुषा देविचौर का ४० वर्षिइ अरबिन्द्र कुँवर, धनुषा पैथिया बजार ७ का १९ वर्षिय मधु मण्डल, सोहि स्थानका १३ महिनाको छोरा (बच्चा) किसान मण्डल र महोत्तरी मण्डसिसवा नगरपालिका ६ का ५० वर्षिय राम बहादुर गाभी घाइते भएका छन् ।

धनुषा देविचौर नगरपालिका का ७० वर्षिय शान्तिदेवी कलवार घाइते भएको प्रहरीले जानकारी दिएको छ । महोत्तरी लक्ष्मीनिया ३ का संजय कुमार महत्तोले चलाइएको हायस दुर्घटना भएको हो ।

गाडीमा १८ जना सवार रहेका थिए । ६ जना सकुसल रहेको प्रहरीले जानकारी दिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रकाशित मिति २०८१ माघ ५ गते शनिवार १०:४०
प्रतिक्रिया दिनुहोस्