वैदेशिक रोजगारीमा विदेश पठाउने नाममा ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा स्याङ्जाकी एक महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका अभियुक्तहरुमा स्याङ्जाको गल्याङ नगरपालिका–८ कि ३४ वर्षीया जमुना परियार, बाग्लुङको ताराखोला गाउँपालिका–३ का ३४ वर्षीय तिलकबहादुर कार्की र प्युठानको नौबाहिनी गाउँपालिका–६ का ३६ वर्षीय हरिबहादुर बिष्ट रहेका छन् ।
परियारले अष्ट्रेलिया पठाउने भन्दै एक जनाबाट २८ लाख रुपैयाँ, कार्कीले युके पठाउने भन्दै एक जनाबाट १ लाख र बिष्टले अमेरिका पठाउने भन्दै दुई जनाबाट २ लाख र ठगी गरेको आरोप छ ।
पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ माघ ९ गते बुधबार ०७:५१