नक्कली पेस्तोल देखाएर रकम अस’ली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिक वडा न ४ मठिया स्थित ईलाकामा सिमा क्षेत्रका व्यक्ती सग नक्कली पेस्तोल देखाएर रकम अस’ली गरेको आरोपमा प्रहरीले भारतिय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोतीहारी ग्राम पन्चायत खरोही वडा न ४ बस्ने बर्ष २० को अब्द’ल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम क’मार महतोले जानकारी दिए ।
उनका अन’सार नक्कली चाइनिज (पेस्तोल) खलौना देखाएर सिमा क्षेत्रमा हिड्ड’ल गर्ने व्यक्तीलाई डर त्रास देखाइ रकम माग्ने गरेको उनले बताए । प्रहरी चौकि मठिया मह’लीयाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताए ।
पक्राउ परेका कलामलाई म्याद थप गरि अन’सन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
प्रकाशित मिति २०८१ माघ १० गते बिहिबार ०९:३२