टाइगर कप भलिबलः पहिलो खेलमा ट्राभल इन्क्वारीमाथि एपिएफको पुनरागमन जित

टाइगर कप भलिबलः पहिलो खेलमा ट्राभल इन्क्वारीमाथि एपिएफको पुनरागमन जित
२०८१ माघ १२ गते शनिवार ०४:५५

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर ग्रुप...

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपिएफले ३–२ सेटले खेल आफ्नो पक्षमा पारेको हो ।

पहिला दुई सेट गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो । पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा पारेको थियो । इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै एपिएफले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । एपिएफले तेस्रो सेट २५–१९ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिब च्याम्पियन एपिएफले १५–७ को जित निकाल्यो ।

आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।

प्रकाशित मिति २०८१ माघ १२ गते शनिवार ०४:५५
प्रतिक्रिया दिनुहोस्