पोखरा ल्याइदै गरेको अबैध लागू औषधसहित स्याङ्जामा एक जना युवा पक्राउ

पोखरा ल्याइदै गरेको अबैध लागू औषधसहित स्याङ्जामा एक जना युवा पक्राउ
२०८१ माघ १७ गते बिहिबार ०४:५९

पोखरा ल्याइदै गरेको अबैध लागू औषधसहित स्याङ्जामा एक जना युवा पक्राउ परेका छन्। रुपन्देही सिद्धार्थनगर नगरपालिका – १३ देवकोटाचोकका १९ वर्षीय अंगत सेन्चुरी अबैध लागू औषध पोखरा ल्याउदै गर्दा स्याङ्जामा पक्राउ परेका हुन्। सोमबार...

पोखरा ल्याइदै गरेको अबैध लागू औषधसहित स्याङ्जामा एक जना युवा पक्राउ परेका छन्।

रुपन्देही सिद्धार्थनगर नगरपालिका – १३ देवकोटाचोकका १९ वर्षीय अंगत सेन्चुरी अबैध लागू औषध पोखरा ल्याउदै गर्दा स्याङ्जामा पक्राउ परेका हुन्।

सोमबार राती ९ बजे बुटवलबाट पोखरा जाँदै गरेको हाइसमा सवार सेन्चुरीलाई सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका – १ बसपार्कमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

अभियुक्त सेंचुरीको साथबाट नाइट्राभेट – १० नामक नियन्त्रित लागूऔषध २० पत्ता बरामद भएको र सो सम्बन्धमा आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८१ माघ १७ गते बिहिबार ०४:५९
प्रतिक्रिया दिनुहोस्