गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय

गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय
२०८१ माघ २१ गते सोमबार ०२:५८

गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गण्डकी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो। २०७४ साल माघ २२ गते गण्डकीको पहिलो प्रदेशसभा...

गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गण्डकी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो।

२०७४ साल माघ २२ गते गण्डकीको पहिलो प्रदेशसभा बैठक बसेको थियो। गण्डकीका संस्थापक मुख्यमन्त्रीको रुपमा पृथ्वीसुब्बा गुरुङले चाहिँ फागुन ४ गते सपथ लिएका थिए।

यसअघि माघ २२ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ४ लाई प्रदेश सरकार स्थापना दिवसको रुपमा मनाउँदै आए पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले फागुन ४ को सार्वजनिक बिदा कटौति गर्दै माघ २२ गते नै प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको थियो।

प्रदेश स्थापना दिवसको औपचारिक कार्यक्रमको लागि प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ। समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी रहेका छन्। मंगलबार औपचारिक कार्यक्रम आयोजना गरिँदै छ।

प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०२:५८
प्रतिक्रिया दिनुहोस्