पवन मरासिनी,स्याङजा माघ २६ / स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ३ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालय गैरीखेतले आफ्नो स्थापनाको ६२ औं वार्षिकोत्सव मनाएको छ । सोही अवसरमा विद्यालयले पुरस्कार एवम् छात्रवृत्ति वितरण समेत गरेको छ । वार्षिकोत्सबको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जि टी ले वडा न ३ को शैक्षिक उन्नयनमा सरस्वती मा वि ले खेलेको भुमिकाको चर्चा गरे ।
उनले समयासापेक्ष र प्राविधिक एवम् व्यवहारिक शिक्षा आजको आवश्यकता भएको बताउदै यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षिय सम्बन्ध सुमधुर बने मात्रै लक्ष्य हासिल गर्न सकिने बताए । कार्यक्रममा पुतलीबजार नगरपालिका वडा न ३ का कार्यबहाक वडा अध्यक्ष सोमबहादुर कुँवर, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष वेधबहादुर हमाल, समाजसेवी श्रीराम उपाध्याय , नेपाली काङ्ग्रेस वडा न ३ का सभापति कमलकान्त उपाध्याय, सचिव मोति प्रसाद मरासिनी, पूर्व प्रधानाध्यापक खिमलाल पोख्रेल, समाजसेवी हरिनारायण शर्मा तथा स्मृति बाल क्लवका अध्यक्ष दृष्टि शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा विद्यालयका अभिभावक सुर्य शर्माले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा १० हजार ५ रुपियाको अक्षयकोष स्थापना गरेका थिए भने गैरीखेत टोल विकास संस्थाले ५ हजार रुपिया सहयोग गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर गोदारले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुरेन्द्रप्रसाद शर्माको अध्यक्षता सम्पन्न कार्यक्रममा शिक्षक सरिता रेग्मी तथा छात्राद्वय सृष्टि शर्मा र कुसुम हमालले स्वागत मन्तव्य एवम् कार्यक्रमको संचालन संयुक्त रुपमा शिक्षक प्रकाश कोइराला तथा छात्राद्वय सदिक्षा शर्मा र अदिती गोदारले गरेका थिए । सो कार्यक्रममा विद्यार्थीहरूले पठन सिप प्रदर्शन, कविता वाचन, नाटक प्रदर्शन तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए।










