आहा रारा गोल्डकपः उज्वेकिस्तानको ब्ल्याक बुल्स क्लब सेमिफाइनलमा

आहा रारा गोल्डकपः उज्वेकिस्तानको ब्ल्याक बुल्स क्लब सेमिफाइनलमा
२०८१ माघ २९ गते मङ्गलबार ०७:३९

पोखरा । ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तान पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा अन्तिमा चारमा सुरक्षित भएको छ। मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा अर्को पाहुना टोली सिक्किमको थन्डरबोल्ड नर्थ युनाइटेडलाई...

पोखरा । ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तान पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा अन्तिमा चारमा सुरक्षित भएको छ।

मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा अर्को पाहुना टोली सिक्किमको थन्डरबोल्ड नर्थ युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

खेलको ३८ औँ मिनेटमा लागि इस्लोम्जन अब्दुकोडिरोभ ब्ल्याक बुल्सका लागि पहिलो गोल गरे। दोस्रो गोलको योगदान ७३ औँ मिनेटमा लागि इस्लोम्जन अब्दुकोडिरोभ सयदज्मोल दब्लाजोनोभले दिए। त्यसको दुई मिनेटपश्चात शाब्कात्जोनले गरेको प्रहारमा गोलमा परिणत भएपछि खेल ३–० को स्थितिमा पुग्यो।

ब्ल्याक बुल्स अन्तिम चारमा प्रवेश गरेसँगै आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड भिड्नेछन्। फागुन १ गते हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टार र ब्ल्याक बुल्स भिड्नेछन्।

माघ २३ देखि जारी प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ। यो पटक तीन विदेशीसहित १२ टोली प्रतियोगितामा सहभागी थिए। उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ।

प्रकाशित मिति २०८१ माघ २९ गते मङ्गलबार ०७:३९
प्रतिक्रिया दिनुहोस्