आहा रारा गोल्डकपः चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा

आहा रारा गोल्डकपः चर्च ब्वाइज युनाइटेडलाई  पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा
२०८१ माघ ३० गते बुधबार ०६:३३

पोखरा । नेपाल पुलिस क्लब २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार पोखरा रंगशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लव २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस आहा राराको...

पोखरा । नेपाल पुलिस क्लब २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार पोखरा रंगशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लव २४ औं संस्करणको उपाधि नजिक पुगेको हो ।

पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली मध्ये एक हो । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ । पुलिस पछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो ।

पुलिसले थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

प्रकाशित मिति २०८१ माघ ३० गते बुधबार ०६:३३
प्रतिक्रिया दिनुहोस्