युरो २०२० : पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने

युरो २०२० : पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने
२०७८ असार ४ गते शुक्रबार १०:११

युरो २०२० मा सहभागी टिमका खेलाडीले पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने युरोपियन फुटबल महासंघ (युइएफए) ले चेतावनी दिएको छ। गत सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका दौरान...

युरो २०२० मा सहभागी टिमका खेलाडीले पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने युरोपियन फुटबल महासंघ (युइएफए) ले चेतावनी दिएको छ।

गत सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका दौरान टेबलमा राखिएका दुई कोकाकोलाको बोतल हटाएका थिए। उनले कोकाकोलाको बोतल हटाएर पानीको बोलत देखाएका थिए। मंगलबार फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले पनि बियरको बोतल आफू अगाडिको टेबलबाट हटाएका थिए।

जर्मनीविरुद्धको खेलमा प्लेयर अफ दि म्याच भएपछि पत्रकार सम्मेलनमा उपस्थित भएका पोग्बाले हाइनीकेन बियरको बोतल टेबलबाट हटाएका थिए।

बुधबार इटालीका म्यानुयल लोकाटेलीले पनि कोकाकोलाको बोलत हटाएर पानीको बोलत आफू अघि राखेका थिए।  खेलाडीहरूले मुख्य प्रायोजकको बोलत पत्रकार सम्मेलनका दौरान हटाएपछि युइएफले जरिवाना गर्ने चेतावनी दिएको हो।

‘साझेदारी प्रतियोगिताको अभिन्न अंग भएको सबैलाई टिमलाई स्मरण गराउन चाहान्छौ र साझेदारीले युरोपको फुटबल विकासलाई सुनिश्चिता गर्छ,’ युरो २०२० को आयोजकले भनेको छ।  ‘हामी सिधै खेलाडीहरूलाई जरिवाना गर्दैनौं,  हामी सहभागी राष्ट्रिय संघ मार्फत जरिवाना गर्छौं।’

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार १०:११
प्रतिक्रिया दिनुहोस्