नेदरल्यान्ड्स १३ वर्षपछि युरो कपको नकआउट चरणमा

नेदरल्यान्ड्स १३ वर्षपछि युरो कपको नकआउट चरणमा
२०७८ असार ४ गते शुक्रबार १०:१४

नेदरल्यान्ड्स युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह 'सी' मा लगातार दोस्रो जित निकालेसँगै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो। नेदरल्यान्ड्सले शुक्रबार विहान सकिएको खेलमा अस्ट्रियालाई २-0 गोलले पराजित गर्‍यो। यसअघि...

नेदरल्यान्ड्स युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘सी’ मा लगातार दोस्रो जित निकालेसँगै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो।

नेदरल्यान्ड्सले शुक्रबार विहान सकिएको खेलमा अस्ट्रियालाई २-0 गोलले पराजित गर्‍यो। यसअघि उसले पहिलो खेलमा युक्रेनलाई ३-२ गोलले पराजित गरेको थियो।

दोस्रो खेलमा नेदरल्यान्ड्सको जितमा ११ मिनेटमा डिपेले पेनाल्टीमा पहिलो गोल गरे। डमफ्राइसलाई अस्ट्रियाका कप्तान डेबिड अलाबाले फल गरेपछि नेदरल्यान्ड्सले पेनाल्टी पाएको थियो।

दोस्रो हाफमा उनै डमफ्राइसले नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे। सन् २०१८ को विश्वकप र सन् २०१६ को युरो कपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स सन् २००८ पछि पहिलो पटक युरो कपको नकआउट चरणमा पुगेको हो।

समूह ‘सी’ मा नेदरल्यान्ड्सले लगातार २ जितसहित ६ अंक जोडेको छ। एक खेलमा जित र एक खेलमा हार बेहोरेका युक्रेन र अस्ट्रियाको ३-३ अंक छ। नर्थ म्यासेडोनियाले अंक जोड्न सकेको छैन।  अब समूह ‘सी’ को अन्तिम चरणको खेलमा युक्रेन र अस्ट्रिया तथा म्यासेडोनिया र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार १०:१४
प्रतिक्रिया दिनुहोस्