अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्न्यासी’ बनेकी छन्।
फिल्म निर्माता छविराज ओझासँग हालै मात्र सम्बन्ध बिच्छेद गरेकी अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी हुन्। ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी
अभिनेत्री समेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले जानकारी दिइन्। ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ।
सिम्खडाले नवसन्यास लिएकोमा खुशी व्यक्त गर्दै शिल्पालाई सामाजिक सञ्जालमार्फत शुभकामना समेत दिएकी छन्। उनले लेखेकी छन्, ‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना।’
लज्जा’बाट डेब्यु गरेकी शिल्पाले हवलदार सुन्तली, फागु, किस्मत २, मंगलमलगायतका चर्चित फिल्म खेलिसकेकी छन्।
अभिनेत्री पोखरेलभन्दा पहिले लोकदोहोरी गायिका बबिता बानियाँ जेरीले पनि सन्यास लिएकी छिन। उनले पन्बी श्रीमान शंकर क्षेत्रीसंग सम्बन्ध बिच्छेद गरेसंगै सयास लिएकी थिइन्।










