पोखरामा सशस्त्र प्रहरीको इन्स्पेक्टर महत ब्यारेकभित्रै मृत भेटिइन्

पोखरामा सशस्त्र प्रहरीको इन्स्पेक्टर महत ब्यारेकभित्रै मृत भेटिइन्
२०८१ फाल्गुण १२ गते सोमबार ०८:१८

पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) शनिबार राती मृत भेटिएकी छिन। सशस्त्र प्रहरी बलमा कार्यरत सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया इन्स्पेक्टर सन्तोषी...

पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) शनिबार राती मृत भेटिएकी छिन।

सशस्त्र प्रहरी बलमा कार्यरत सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा भेटिएकी हुन ।

शनिवार राति ९ बजे ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा महतको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले जानकारी दिए। घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता न्यौपानेले बताए ।

सशस्त्र प्रहरी जवान र असई हुँदै उनि इन्स्पेक्टर भएकी थिइन् । प्रेम सम्बन्धका कारण उनले आत्महत्या रोजेको आशंका गरिएको छ ।

जवानमै हुँदा २०७८ सालमा असईमा नाम निकालेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्।

प्रकाशित मिति २०८१ फाल्गुण १२ गते सोमबार ०८:१८
प्रतिक्रिया दिनुहोस्