भातृ संस्था समन्वय शाखा संयोजकमा विकास थापा मनोनयन

भातृ संस्था समन्वय शाखा संयोजकमा विकास थापा मनोनयन
२०८१ फाल्गुण १२ गते सोमबार ०८:३८

पोखरा । नेपाली कांग्रेस कास्कीले भातृ संस्था समन्वय शाखा संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य विकास थापालाई मनोनयन गरेको छ | नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल दृारा हस्ताक्षरित पत्रमा नेपाली कांग्रेसको नियमवली...

पोखरा । नेपाली कांग्रेस कास्कीले भातृ संस्था समन्वय शाखा संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य विकास थापालाई मनोनयन गरेको छ |

नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल दृारा हस्ताक्षरित पत्रमा नेपाली कांग्रेसको नियमवली २०७६ को परिच्छेद १७ को धारा ३ वमोजिम मनोनयन गरेको जनाईएको छ !

नेपाली कांग्रेसको केन्द्रीय समितिले लामो समय देखी सम्पुर्ण भातृ संस्थाको अधिवेशन चैत मसान्त सम्म सम्पन्न गर्ने र नगर्नेलाई म्याद थप नगर्ने भए संगै कास्कीमा पनि सम्पुर्ण भातृ संस्थाको अधिवेशन सम्पन्न गराउन र भातृ संस्था र पार्टी विच समन्वय गराउन थापालाई मनोनयन गरिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त वरालले वताए !

विकास थापा नेपाल विधार्थी संघ कास्कीका पुर्व सभापति समेत हुन !

प्रकाशित मिति २०८१ फाल्गुण १२ गते सोमबार ०८:३८
प्रतिक्रिया दिनुहोस्