पुतलीबजार ५ पौवैगौडेमा स्वास्थ्य शिविर सम्पन्न

पुतलीबजार ५ पौवैगौडेमा स्वास्थ्य शिविर सम्पन्न
२०८१ फाल्गुण १७ गते शनिवार १०:४८

पोखरा फागुन १७/ पुतलीबजार नगरपालिका वडा न ५ र भु पु सैनिक संगठन पेन्सन क्याम्प पोखराको संयुक्त आयोजना तथा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा पुतलीबजार नगरपालिका ५ पौवैगौंडेमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य...

पोखरा फागुन १७/ पुतलीबजार नगरपालिका वडा न ५ र भु पु सैनिक संगठन पेन्सन क्याम्प पोखराको संयुक्त आयोजना तथा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा पुतलीबजार नगरपालिका ५ पौवैगौंडेमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । शुक्रबार पौवैगौडे स्वास्थ्य चौकिको प्राङ्गणमा सम्पन्न शिविरको उद्घाटन गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मिले बेलाबेलामा आयोजना हुने यस्ता शिविरहरुले जनमानसमा स्वास्थ्य प्रतिको सचेतना बढाउने र मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउए । उनले समयसमयमा स्वास्थ्य शिविरहरु आयोजना हुनु सकारात्मक भएको बताए ।

शिविरमा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।शिविरको सयोजन पौवैगौडे स्वास्थ्य स्वास्थ्य चौकि, शीतला माध्यमिक विद्यालय पुर्व विद्यार्थी मन्च र पुतलीबजार नगरपालिका वडा न ५ का टोल विकास सस्थाहरुले गरेका थिए । भारतिय भु पु सैनिक संगठन पौवैगौडेका अध्यक्ष क्याप्टेन प्रेम कुमार रेग्मीको सक्रियतामा निशुल्क स्वास्थ्य शिविरको आयोजना भएको वडा विकास कार्यक्रम पुतलीबजार स्याङ्जाका नगर सदस्य रमेश रेग्मिले बताए । पुतलीबजार नगरपालिका वडा न ५ का अध्यक्ष अर्जुनकुमार कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव राजेश पुरिले गरेका थिए ।

प्रकाशित मिति २०८१ फाल्गुण १७ गते शनिवार १०:४८
प्रतिक्रिया दिनुहोस्