पोखराको न्युरोडको उपहार फर्निचरको गोदाममा आगलागी

पोखराको न्युरोडको उपहार फर्निचरको गोदाममा आगलागी
२०८१ फाल्गुण २४ गते शनिवार ०१:४२

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहानै भिषण आगलागी भएको छ । कास्की प्रहरीका अनुसार पोखरा न्यूरोडस्थित १४ नम्बर सडकमा दिपक मानन्धरले सञ्चालन गरेको फर्निचरमा आगलागी भएको हो । प्रहरी,...

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहानै भिषण आगलागी भएको छ ।

कास्की प्रहरीका अनुसार पोखरा न्यूरोडस्थित १४ नम्बर सडकमा दिपक मानन्धरले सञ्चालन गरेको फर्निचरमा आगलागी भएको हो । प्रहरी, शसस्त्रप्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट फर्निचरमा रहेका तयारी सामग्रीहरु र काठहरुमा जलर क्षति भएको छ । आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी छ ।

प्रकाशित मिति २०८१ फाल्गुण २४ गते शनिवार ०१:४२
प्रतिक्रिया दिनुहोस्