बागलुङ बडिगाडकी २६ वर्षिय महिलाको कोरोना संक्रमणका कारण मृत्यु

बागलुङ बडिगाडकी २६ वर्षिय महिलाको कोरोना संक्रमणका कारण मृत्यु
२०७८ असार ५ गते शनिवार ०३:०१

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ६ की २६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँकाे राति १२ः४०...

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ६ की २६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँकाे राति १२ः४० मा मृत्यु भएको घिमिरेको भनाई छ । स्वास्थ्यमा समस्या देखिएपछि असार ४ गते धौलागिरी अस्पताल आउनुभएकी उहाँलाई एन्टिजेन्ट मार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ असार ५ गते शनिवार ०३:०१
प्रतिक्रिया दिनुहोस्