स्याङ्जा असार ८/ स्याङ्जाको पुतलीबजार नगरपालिकाले नयाँ आर्थिक वर्ष २०८२-८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरले शनिबार देखि १७ औं नगर सभा सुरु गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । स्याङ्जा सदरमुकाम स्थित सिटीहलमा आयोजित सभामा नगरप्रमुख तुलसीराम रेग्मीले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
नगर प्रमुख रेग्मीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा पुतलीबजारको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन,वित्तिय र रोजगारी प्रवर्द्धनको क्षेत्रलाई अझै सशक्त ढंगले अगाडि बढाइने उल्लेख छ । जसमा पुरातत्व झल्किने चुना सुर्खि, इटा, साल, तामाका छानाको प्रयोगमा जोड, एक घर एक फलफूल बिरुवा, एक वडा एक पोखरी, एक वडा एक हरियाली पार्क, सडकबत्ती सहित सीसीटिभी राख्ने, ५ वर्षे शैक्षिक रणनीति, कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लोकसेवा तथा क्यारियर काउन्सेलिन तथा सुचना प्रविधि सम्बन्धी तालिम,बाझो जग्गामा खोती गर्नेलाई प्रति रोपनी २ सय नगद अनुदान, पुतलीबजारलाई दुधमा आत्मनिर्भर बनाउने,उपप्रमुखसंग सुत्केरी आमा पोशिलो खाना, उपप्रमुखसंग महिला, ९० दिन ९० अण्डा र साकाहारीका लागि सोही रकम बराबरको दुध तथा घीउ, क्षयरोग मुक्त पालिका घोषणा, मृगौला रोगीलाई निशुल्क डायलायसिस सेवा लगायतका विषय रहेका छन ।
शिक्षालाई पहिलो प्राथमिकतामा राखी ५ बर्षे शैक्षिक रणनीति सहित नगर शिक्षा योजना तयार गर्ने, कक्षा ५ सम्मका बालिका र दलित छात्रबृत्ति सहित निशुल्क पाठयपुस्तक उपलब्ध गराउने, एक वडा एक खेलमैदान, १४ वटै वडा केन्द्रमा ब्यवस्थित भलिबल खेलमैदान, कक्षा १२ परिक्षा दिएकालाई लोकसेवा तथा क्यारिएर काउन्सिलिङ तथा सूचना प्रबिधि सम्बन्धि तालिम, योग, ध्यान, ब्यायाम, आयुर्वेदिक उपचार, स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी, कुमाल, बोटे, माझी, गन्धर्व, वादी र ग बर्गका अपांगता भएका ब्यक्तिलाई निशुल्क स्वास्थ्य विमा, जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाच सहित औषधी बितरण, गरिने नीति छ ।
यसैगरी, स्वास्थ्य संस्थाबाट गुणस्तरीय ल्याब सेवा, अपांगता भएका ब्यक्तिले संचालन गरेका उद्योग दर्ता तथा नविकरण सहित शिफारिसमा शुल्क नलिने, बिभिन्न सिपमूलक, आयआर्जनमूलक, कृषि, पशुपालन सहित वाद्यवादन, महिला, बालबालिका, किशोरी लक्षित बिभिन्न खालका जनचेतनामूलका प्रशिक्षण तथा तालिम प्रदान गरिने निती छ । सार्वजनिक पर्यटकीय स्थल, ऐतिहासिक मठ, मन्दिर पाटीपौवा, प्रतिक्षालय, बिभिन्न धार्मिक बिद्यालय तथा स्थानहरु, खानेपानी तथा शौचालय निर्माणमा प्राथमिकता, एकिकृत खानेपानी आयोजना, कृषि उत्पादनमा जोड, ५० प्रतिशत अनुदान, बाझो जग्गामा खोती गर्नेलाई प्रति रोपनी २ सय नगद अनुदान, माटो परिक्षण, किसानसंग नगरप्रमुख, विपन्न, गरिब, सामाजिक रुपमा पिछडीएका साना किसानको आय आजृनमा सहयोग पुरयाउन कुखुराका चल्ला बितरण कार्यक्रम, पशु स्वास्थ्य, दुधमा आत्मनिर्भर बनाउन नश्लसुधार, कृत्रिम गर्भाधान, भैसी पकेठ कार्यक्रम, रोजगार तथा उद्यम गर्न चाहनेका लागि नया स्वरोजगार सृजना सहित प्रोत्साहित गर्ने ब्यवस्था छ ।
सहकारी शिक्षा, निष्कृय सहकारीलाई लिक्डिेशन तथा मर्जरको ब्यवस्था, आन्तरिक स्रोत परिचालन, बेरुजु सम्परिक्षण, कर्मचारी तथा जनप्रतिनिधिका क्षमता तथा दक्षता अभिबृद्धिसंगै सूचना तथा प्रबिधिको पहुचमा ल्याईने, टुक्रे योजना निरुत्साहित, घरधुरी सर्वेक्षण, लगायतलाई प्राथमितामा राखि झण्डै २ सय बुदे नीति तथा कार्यक्रम पढेर सुनाएका थिए ।नीति तथा कार्यक्रममा सामाजिक विकास, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक, खानेपानी, सिंचाई, पर्यटन प्रवर्दन, कृषि, पशु, श्रम तथा रोजगार, गरिबी निवारणका लागि लघु उद्यम विकास, सहकारी, संस्गागत विकास तथा सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, भवन, आवास, बस्ती तथा शहरी विकास, सडक, पुल तथा यातायात, जलस्रोत बिद्युत तथा बैकल्पिक उर्जा, सूचना र संचार, वन, वातावरण तथा विपद ब्यवस्थापनमा समावेश गरिएका छन् । यसअघि चालु अवस्थामा रहेका कार्यक्रमलाई पनि निरन्तरता दिईनेगरि नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।
यसैगरी, उपप्रमुख देवी अर्यालले आर्थिक बर्ष २०८२र०८३ का लागि एक अरब ३ करोड ९६ हजारको बजेट प्रस्ताव गर्नुभएको छ । उहाले चालु तर्फ ६४ करोड ८ लाख र पुजीगततफृ ३९ करोड ८८ लाखको बजेट सभा समक्ष प्रस्ताव गरिन । उपप्रमुख अर्यालले पूर्वाधार बिकासतर्फ, आर्थिक बिकासतर्फ, सामाजिक विकासका क्षेत्र, संस्थागत क्षमता विकास तथा सेवा प्रवाह, बन वातावरण सरसफाई तथा विपद ब्यवस्थापनका क्षेत्रमा बजेट बिनियोजन गरेकी थिइन ।
यसैगरी, सोही सभामा बिद्यालय समिति संयोजक मुबारक मियाले आर्थिक बिधयक लगायत थप ३ वटा बिधेयक, लेखा समिति संयोजक सन्तोष रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । शनिवार प्रस्तावित नीति तथा कार्यक्रम, बिधेयक, लेखा प्रतिवेदन सर्वसम्मत पारित गर्दे बाँकी रहेका छलफल र पूर्ण बजेट सार्वजनिकका लागि २१ गते हुनेगरि शनिवारको सभा स्थगित गरिएको सभाध्यक्ष एवं प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । प्रस्तुत नीति तथा कार्यक्रमका बिषयमा नगर तथा वडा सदस्यहरु बिष्णुप्रसाद श्रेष्ठ, मुबारक मिया, कमलबहादुर रोका, सीता भुजेल, लीलबहादुर राना, सूर्यबहादुर रोका, शोभा बिक, सम्झना कुवर लगायतले आयोजना, कार्यक्रमका बारेमा निरन्तरता, थपको माग सहित राय सुझाव दिएका थिए ।
नगर प्रमुख रेग्मीले संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ इतिहासका बिभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा आफनो अमूल्य जीवन अपर्ण गर्ने र सहयोग गर्नुहुने सम्पूर्णप्रति स्मरण गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै नीति तथा कार्यक्रम घोषणा गरेका थिए ।शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार भन्ने नाराका साथ नेपालको संबिधान, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानूनले दिएको अधिकार क्षेत्रभित्र रही संघियताको कार्यान्वयन, स्थानीय उत्पादन, रोजगारी सृजना , सुशासन र पारदर्शितामा जोड दिदै नागरिकमैत्री शासन प्रणालीको स्थापना स्थानीय सरकारका मुख्य प्राथमिकतामा रहेको नगर प्रमुख रेग्मीले बताएका थिए ।










