गण्डकी प्रदेश सरकार पक्षीय गठबन्धनमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल भन्दा विना विभागिय मन्त्री कुमार खड्का हाबी देखिएको भन्दै उहाँको आलोचना सुरु भएको छ ।
पाए मुख्यमन्त्री बन्ने नभए अर्को कार्यकालका लागि मुख्यमन्त्रीको तयारीमा समेत खड्काको तयारी रहेको आरोप काँग्रेस वृत्तबाट सुरु भएको छ । हाललाई पोखरेल नेतृत्वको सरकार मै मन्त्री बन्नुभएका खड्का सत्ता गठबन्धनमा खतरा सावित भएपछि, अन्तरकलह चुलिएको छ ।
खड्का मन्त्रिपरिषद्मा आए लगत्तै बलियो मन्त्रालयको दाबी गर्दै आउनुभएको छ । खासगरी भौतिक पूर्वाधार मन्त्रालय कुनै हालतमा आफ्नो पक्षमा ल्याउने कसरतमा खड्का रहेको बताइएको छ । खड्काले उक्त मन्त्रालय पाउनका लागि सत्तागठबन्धका बेला नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी संगको सहमतीलाई लत्याउनु पर्ने हुन्थ्यो ।
आर्थिक मामिला दिने लिखित सहमती नै गरेर काँग्रेसले जसपाको विश्वासको मत प्राप्त गर्यो । भौतिक सहित चार मन्त्रालयबारे माओवादीसंग मौखिक रुपमा सहमती भयो । तर खड्का मन्त्रिपरिषद्मा आइसकेपछि यि दुवै सहमति बेगरका प्रस्ताव कांग्रेसले गर्दै आइरहको छ ।
माओवादी र जसपाको बुझाईमा खड्काको लोभ कै कारण गठबन्धनमा सहमती जुट्न सकिको रहेको छैन । खड्काले आफुले मालदार मन्त्रालय पाउन मुख्यमन्त्री भन्दा अघि बढेर माओवादी र जसपावीचमा खेल्न खोजेको माओवादी निकट एक नेताले बताएका छन् ।
माओवादी र जसपा सत्ता सम्झौताका कार्यन्वयनका लागि एक भएका छन् । सत्तारोहणका बेला कांग्रेसले गरेका सम्झौता पालना हुनुपर्ने र त्यसो नभए सरकार नजानेसम्मको चेतावनी दुबै दलले दिइसकेका छन् ।
खड्काको भुमिकाबारे कांग्रेस भित्र समेत असन्तुष्टि देखिएका छन् । जेठ २९ गते कास्कीका अर्का सांसद विन्दु कुमार थापा मन्त्री बन्ने आशमा दौरा सुरुवालमा सजिएर सपथ ग्रहणमा पुगे तर कास्की कै समानुपातिक सांसद खड्काले नाम मन्त्रिको रुपमा सपथ लिनुभयो ।
कांग्रेस भित्रको आन्तरिक राजनीतिलाई सन्तुलनमा ल्याउनपनि मुख्यमन्त्री पोखरेल देउवा निकट मानिने खड्कालाई चिढ्याउन नहुने पक्षमा रहेको काँग्रेस पक्ष छ । तर आफ्नै पार्टिका नेताले मुख्यमन्त्री र गठबन्धनको टाउँकोमा तरवार झुण्डाइदिएका खडका भारी परेको काँग्रेस नेताहरु बताउने गरेका छन् ।
एकहप्ता बढि भइसक्दा समेत गठबन्धन कै बीचमा सहमति हुन नसकेपछि मुख्यमन्त्री पोखरेल केन्द्रीय नेतृत्वसंग छलफलका लागि काठमाडौं पुग्नुभएको छ । पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका बाब्राम भट्टराई। मसालका महामन्त्री मोहन विक्रम शिंहलाई भेट्ने गरि तयारी गरेको बताइएको छ । आफ्ना पार्टिका केन्द्रिय नेतासँग छलफलपछि, मसालका महामन्त्रीलाई समेत भेटेको बताइएको छ ।










