पोखरामा मनोसामाजिक अपाङ्गता भएकाहरुको खेल प्रतियोगिता

पोखरामा मनोसामाजिक अपाङ्गता  भएकाहरुको खेल प्रतियोगिता
२०८२ असार १५ गते आईतबार ०६:२३

पोखरा असार १५/ गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पोखरामा मनोसामाजिक अपाङ्गता भएकाहरुको खेल प्रतियोगिता तथा मनोसामाजिक अपाङ्गता रहेका महिलाहरुको सहभागितामा भलिवल खेल भएको कोशिश संस्थाकी अभियानकर्ता युमाया...

पोखरा असार १५/ गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पोखरामा मनोसामाजिक अपाङ्गता भएकाहरुको खेल प्रतियोगिता तथा मनोसामाजिक अपाङ्गता रहेका महिलाहरुको सहभागितामा भलिवल खेल भएको कोशिश संस्थाकी अभियानकर्ता युमाया थापाले जानकारी दिइन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गण्डकी प्रदेश पोखराको अयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको प्रर्बद्धनमा कार्यक्रम भएको हो ।
गएको शुक्रबार पोखरा रङगशालामा भएको १४ जाना मनोसामाजिक अपाङ्गता भएका महिलाहरुको सहभागिता रहेको थियो ।

२ समुहमा बिभाजन गरि खेलिएको खेलमा पिपल समुह पहिलो हुन सफल भएको हो पहिलो भएको पिपलले नगद १० हजार ५ सयको साथमा ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्दा दोस्रो भएको बर समुहले नगद ७ हजार को साथमा ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।अपाङ्गता भएका व्यक्तिको अधिकार ऐन, २०७४ को दफा २४ (खेलकुद, मनोरञ्जन र सांस्कृतिक जीवनमा पहुँच) मा यो विषय समेटिएको छ
दफा २४ मा मुख्य बुँदाहरू समेटिएको छ। अपाङ्गता भएका व्यक्तिलाई खेलकुद, मनोरञ्जन र सांस्कृतिक गतिविधिमा समान सहभागिता सुनिश्चित गरिने व्यवस्था गरिएको छ।जसले गर्दा प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको प्रतिभा विकास गर्न विशेष कार्यक्रम संचालन गरी अर्थपूर्ण सहभागीता रहेको थियो।

प्रकाशित मिति २०८२ असार १५ गते आईतबार ०६:२३
प्रतिक्रिया दिनुहोस्