पोखरा असार १५/ गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पोखरामा मनोसामाजिक अपाङ्गता भएकाहरुको खेल प्रतियोगिता तथा मनोसामाजिक अपाङ्गता रहेका महिलाहरुको सहभागितामा भलिवल खेल भएको कोशिश संस्थाकी अभियानकर्ता युमाया थापाले जानकारी दिइन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गण्डकी प्रदेश पोखराको अयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको प्रर्बद्धनमा कार्यक्रम भएको हो ।
गएको शुक्रबार पोखरा रङगशालामा भएको १४ जाना मनोसामाजिक अपाङ्गता भएका महिलाहरुको सहभागिता रहेको थियो ।
२ समुहमा बिभाजन गरि खेलिएको खेलमा पिपल समुह पहिलो हुन सफल भएको हो पहिलो भएको पिपलले नगद १० हजार ५ सयको साथमा ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्दा दोस्रो भएको बर समुहले नगद ७ हजार को साथमा ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।अपाङ्गता भएका व्यक्तिको अधिकार ऐन, २०७४ को दफा २४ (खेलकुद, मनोरञ्जन र सांस्कृतिक जीवनमा पहुँच) मा यो विषय समेटिएको छ
दफा २४ मा मुख्य बुँदाहरू समेटिएको छ। अपाङ्गता भएका व्यक्तिलाई खेलकुद, मनोरञ्जन र सांस्कृतिक गतिविधिमा समान सहभागिता सुनिश्चित गरिने व्यवस्था गरिएको छ।जसले गर्दा प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको प्रतिभा विकास गर्न विशेष कार्यक्रम संचालन गरी अर्थपूर्ण सहभागीता रहेको थियो।











