स्याङ्जा साउन १८/ अपाङ्गता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र (नेपाल स्याङ्जाले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्वयं अपाङ्गता भएका व्यक्तिहरूको प्रत्यक्ष नेतृत्व तथा संलग्नतामा स्थापित भइ अपाङ्गतामैत्री हुदै मानव मैत्री समाज निर्माण र सामुदायिक विकासको क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापित सो सस्थाले साधारण सभामार्फत आर्थिक वर्ष २०८२र८३ का लागि ३८ लाख ५० हजारको कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो ।
सस्थाका अध्यक्ष युवराज पराजुलीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै सहयोग एवं सहकार्य गर्ने सवै निकाय , संघसंस्था ,संचारकर्मी, नागरिक समाजप्रति आभार व्यक्त गरेका थिए । अपाङ्गताका अतिरिक्त अन्य वर्ग समुदाय क्षेत्रमा समेत निरन्तर परिणाममुखी र प्रभावकारी कार्य गर्ने प्रतिबद्धता समेत अध्यक्ष पराजुलीले जनाएका थिए । साधारणसभामा संस्थाका सचिव नारायण रेग्मीले वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष यामकुमारी काफ्लेले रु ६ लाख ३३ हजार ५५१ रकम बराबरको आय व्यय प्रस्तुत गरेका थिए । सभाले सबै प्रतिवेदन र भावी योजना सर्वसम्मत पारित गरेको थियोे ।
कार्यक्रममा संस्थाद्वारा सामाजिक विकास ,युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा संचालित सिपमुलक तालिम पश्चात् दर्ता भएको सक्षम वटारेको धुपको व्यवसाय प्रर्वद्नका लागि आवश्यक कच्चा सामाग्री र अौजार हस्तान्तरण गरिएको थियोे । पुतलीबजार नगरपालिका १ मा रहेको सो संस्थाले गत वर्ष विद्यालयर क्याम्पस केन्द्रित अपांङ्ता सचेतना अभियान, क्षमता विकास तथा स्वयंसेवक परिचालन कार्यशाला, सन्देश मुलक सामाग्री छपाई तथा वितरण, बाख्रापालन तालिम तथा पाठि वितरण, पौष्टिक आहार तथा सरसफाइ सामाग्री हस्तान्तरण, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन, सहायक सामग्री तथा परिचयपत्र प्राप्तीमा सहज अंकरण, वकालत लगायतका गतिविधिहरु संचालन गरेको थियो ।
अपाङ्गता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुलीको कार्यक्रमको अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजेश पोखरेलले स्वागत एवम् कार्यक्रम संचालन सचिव नारायणप्रसाद रेग्मीले गरेका थिए ।










