पुतलीबजार ५ मा सामीको मनोपरामर्श

पुतलीबजार ५ मा सामीको मनोपरामर्श
२०८२ साउन २५ गते शनिवार ०९:०५

स्याङ्जा साउन २४/ स्याङ्जाको पुतलीबजार ५ मा २१ हप्ते बित्तीय साक्षरता एवम् मनोसामाजिक परामर्श कक्षा सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकामा संचालित वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका परिवारका लागि सुरक्षित आप्रबासन सामी कार्यक्रम...

स्याङ्जा साउन २४/ स्याङ्जाको पुतलीबजार ५ मा २१ हप्ते बित्तीय साक्षरता एवम् मनोसामाजिक परामर्श कक्षा सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकामा संचालित वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका परिवारका लागि सुरक्षित आप्रबासन सामी कार्यक्रम अन्तर्गत मिति गत वर्ष माघ २० देखि जेष्ठ ८ सम्म संचालित २१ हप्ते बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा समापन भएको हो । सो कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै नगर उपप्रमुख देवी अर्यालले वैदेशिक रोजगारीमा जानुपुर्व र त्यहा रहदाका बखत धेरै कुराहरू सिकेर, जानेर र सबै आइपर्ने समस्या समाधान गर्न सक्ने भएर मात्रै जानुपर्ने बताइन।

कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष अर्जुन कुमार कार्की, वडा सदस्य रबिना बिश्वकर्मा, अस्थायी प्रहरी पोष्ट टक्सार, पौवैगौडेका इन्चार्ज ओम बहादुर थापा, प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका कुष्ठ क्षयरोग अधिकृत बिष्णु सुबेदी, नगर जनस्वास्थ्य अधिकृत अनिशा सुवेदी लगायतले आआफ्ना धारणा राखेका थिए ।

नगर उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामी कार्यक्रम संचालिका आरति अधिकारीले गरेकी थिइन । यसै गरी श्रावण १६ मा पुतलीबजार १३, स्वारीमा संचालित सामी सचेतना कक्षा समापन भएको थियो । सो कार्यक्रम नगर उपप्रमुख अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा न १३ का अध्यक्ष जुद्ध बहादुर थापा र वडा सदस्य शारदा नेपालीले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति २०८२ साउन २५ गते शनिवार ०९:०५
प्रतिक्रिया दिनुहोस्