जेन जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने दुई जना जनकपुरमा पक्राउ

जेन जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने दुई जना जनकपुरमा पक्राउ
२०८२ भदौ ३० गते सोमबार १०:३०

जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको आरोपमा धनुषाबाट दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ २४ गते बेलुका अन्दाजी ७ बजेतिर मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा आन्दोलनकारी प्रवेश गरी...

जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको आरोपमा धनुषाबाट दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ २४ गते बेलुका अन्दाजी ७ बजेतिर मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा आन्दोलनकारी प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । आन्दोलनकारीले उक्त कार्यालयको सुरक्षामा खटिएको प्रहरीको एसएलआर राइफल एक थान र सोको ५० राउन्ड गोली लुटपाट गरी लगेका थिए ।

अनुसन्धानका क्रममा सीसीटीभी फुटेज विश्लेषण गर्दै सोमबार जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र सोही ठाउँका २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट लुटिएको हतियार बरामद गरिएको छ । यस्तै प्रहरीबाट खोसिएको थ्रिनट थ्री राइफल दुई दिन अघि बरामद गरिएको डीएसपी सिंहले बताए ।

प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार १०:३०
प्रतिक्रिया दिनुहोस्