अपांगता भएका कँडेलको उपचारका लागि राहत रकम हस्तान्तरण

अपांगता भएका कँडेलको उपचारका लागि राहत रकम हस्तान्तरण
२०७८ असार १५ गते मङ्गलबार ०६:०४

अपांगता भएका बालकको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको राहत रकम आज हस्तान्तरण गरिएको छ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वढा नं. १, बुर्तिबाङ बजारमा रहेका युवराज कँडेलका अपांगता भएका छोरा भरत कँडेलको...

अपांगता भएका बालकको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको राहत रकम आज हस्तान्तरण गरिएको छ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वढा नं. १, बुर्तिबाङ बजारमा रहेका युवराज कँडेलका अपांगता भएका छोरा भरत कँडेलको उपचारका लागि उक्त राहत रकम संकलन गरिएको थियो ।
नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी डोर्ण कुवंरको अगुवाई स्वदेश तथा विदेशबाट सहयोग आउनेक्रम जारी रहेको छ । यसै सन्दर्भमा आज रोजगारीको शिलशिलामा कतारमा रहनु भएका पुरन गौतमको पहलमा संकलित रकम रु ९६,७८६ र कलाकार तथा समाजसेवी शितल शर्माको पहलमा संकलित रकम रु ८२,४९१ गरि कुल रु. १ लाख ७९ हजार २ सय ७७ रुपैयाँ, युवा नेता कुवंर सहितको टिमले कँडेल परिवारलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको थियो । कुंवर सहितको टिमले सञ्चालन गरेको अभियान मार्फत यस अघि बाग्लुङ समाज पोर्चुकल र कोरियामा रहेका नेपालीहरु द्धारा संकलित ४ लाख बढि रकम युवराज कडेलको बैँक खातामा जम्मा भैसकेको समाजसेवी कुवंरले बताउनुभयो । यस्तै गरि बाग्लुङ समाज वेल्जियम मार्फत संकलित रकम केहि दिनमै आउने कुवंरको भनाई छ ।
इलाका प्रशासन कार्यालय बुर्तिबाङका नायव सुव्वा लोकबहादुर कँुवर,नेपाली काग्रेँस नगर सभापति शालिकराम शर्मा,समाजसेवी सोम बहादुर पौवी,मेषलाल शर्मा,कलाकार तथा समाजसेवी शितल शर्मा सहित टिमको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै नेता कुँवरले, ‘विदेश तथा विदेशमा दःुख गरेर कमाएको रकम अपांगता भएका बालकको उपचारका लागि पठाइएको हुँदा सही सदुपयोग गर्न परिवारका सदस्यलाई आग्रह गर्नुभएको छ । साथै आफ्नो गास काटेर सहयोग गर्नुभएका सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

राहत रकम बुझ्दै रमा कँडेलले, ‘सहयोग गर्नुहुने सबै सहयोग दाताप्रति धन्यावाद ज्ञापन गर्नुभएको थियो । भाईको खुट्टा कमजोर भएकोले समस्या भएको बताउँदै कँडेलले सबैको सहयोगले केहि रकम जम्मा भएको हुदाँ जारी निषेधाज्ञा केहि सहज भए लगत्तै भाईलाई उपचारको लागि लैजाने बताउनुभएको थियो ।

प्रकाशित मिति २०७८ असार १५ गते मङ्गलबार ०६:०४
प्रतिक्रिया दिनुहोस्