अपांगता भएका बालकको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको राहत रकम आज हस्तान्तरण गरिएको छ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वढा नं. १, बुर्तिबाङ बजारमा रहेका युवराज कँडेलका अपांगता भएका छोरा भरत कँडेलको उपचारका लागि उक्त राहत रकम संकलन गरिएको थियो ।
नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी डोर्ण कुवंरको अगुवाई स्वदेश तथा विदेशबाट सहयोग आउनेक्रम जारी रहेको छ । यसै सन्दर्भमा आज रोजगारीको शिलशिलामा कतारमा रहनु भएका पुरन गौतमको पहलमा संकलित रकम रु ९६,७८६ र कलाकार तथा समाजसेवी शितल शर्माको पहलमा संकलित रकम रु ८२,४९१ गरि कुल रु. १ लाख ७९ हजार २ सय ७७ रुपैयाँ, युवा नेता कुवंर सहितको टिमले कँडेल परिवारलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको थियो ।
कुंवर सहितको टिमले सञ्चालन गरेको अभियान मार्फत यस अघि बाग्लुङ समाज पोर्चुकल र कोरियामा रहेका नेपालीहरु द्धारा संकलित ४ लाख बढि रकम युवराज कडेलको बैँक खातामा जम्मा भैसकेको समाजसेवी कुवंरले बताउनुभयो । यस्तै गरि बाग्लुङ समाज वेल्जियम मार्फत संकलित रकम केहि दिनमै आउने कुवंरको भनाई छ ।
इलाका प्रशासन कार्यालय बुर्तिबाङका नायव सुव्वा लोकबहादुर कँुवर,नेपाली काग्रेँस नगर सभापति शालिकराम शर्मा,समाजसेवी सोम बहादुर पौवी,मेषलाल शर्मा,कलाकार तथा समाजसेवी शितल शर्मा सहित टिमको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै नेता कुँवरले, ‘विदेश तथा विदेशमा दःुख गरेर कमाएको रकम अपांगता भएका बालकको उपचारका लागि पठाइएको हुँदा सही सदुपयोग गर्न परिवारका सदस्यलाई आग्रह गर्नुभएको छ । साथै आफ्नो गास काटेर सहयोग गर्नुभएका सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
राहत रकम बुझ्दै रमा कँडेलले, ‘सहयोग गर्नुहुने सबै सहयोग दाताप्रति धन्यावाद ज्ञापन गर्नुभएको थियो । भाईको खुट्टा कमजोर भएकोले समस्या भएको बताउँदै कँडेलले सबैको सहयोगले केहि रकम जम्मा भएको हुदाँ जारी निषेधाज्ञा केहि सहज भए लगत्तै भाईलाई उपचारको लागि लैजाने बताउनुभएको थियो ।










