ओलम्पिक दिवसमा भूतपूर्व खेलाडी मञ्चलाई प्रतिष्ठित एनओसी प्रेजिडेन्सियल सम्मान

ओलम्पिक दिवसमा भूतपूर्व खेलाडी मञ्चलाई प्रतिष्ठित एनओसी प्रेजिडेन्सियल  सम्मान
२०८३ असार १० गते बुधबार ०६:०३

पोखरा, असार १०/ अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २३ जुन २०२६ को अवसरमा नेपाल ओलम्पिक कमिटीले प्रदान गर्ने प्रतिष्ठित एनओसी प्रेजिडेन्सियल सम्मान बाट नेपाल भूतपूर्व खेलाडी मञ्च सम्मानित भएको छ। नेपाली अग्रज खेलाडिहरुको छाता संस्था...

पोखरा, असार १०/ अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २३ जुन २०२६ को अवसरमा नेपाल ओलम्पिक कमिटीले प्रदान गर्ने प्रतिष्ठित एनओसी प्रेजिडेन्सियल सम्मान बाट नेपाल भूतपूर्व खेलाडी मञ्च सम्मानित भएको छ। नेपाली अग्रज खेलाडिहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरामा रही विगत २५ बर्ष देखि समाजमा खेल संकृतिको विकास, ओलम्पिक अभियानको प्रवद्र्धन तथा खेलकुदका बिबिध गतिविधिको विस्तारमा निरन्तर योगदान पु¥याउँदै आएको मञ्चलाई कमिटीले आफ्नो चौथो अवार्ड समारोहका अवसरमा काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरेको हो।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले मञ्चलाई सम्मान प्रदान गरेका थिए। मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ अनुसार खेलकुदको क्षेत्रमा दीर्घकालीन योगदानको उच्च मूल्याङ्कन गर्दै मञ्चलाई सम्मान गरिएकोमा खुसि ब्यक्त गरे ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्थाका रूपमा परिचित नेपाल भूतपूर्व खेलाडी मञ्चले खेलकुदमार्फत स्वस्थ जीवनशैलीको प्रवद्र्धन, नयाँ खेल प्रतिभाको विकास तथा ओलम्पिक मूल्य–मान्यताको विस्तारमा निरन्तर रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। सोहि अवसरमा नेपाल भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्य तथा पोखराका फोटो पत्रकार सुदर्शन रञ्जित लाई ‘एनओसी बेस्ट क्यामेरापर्सन अवार्ड २०२६’ बाट सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ, पूर्व अध्यक्ष तेजबहादुर गुरुङ, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, उपाध्यक्ष कृष्ण तिमिल्सिना, सचिव महेश पौडेल लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति २०८३ असार १० गते बुधबार ०६:०३
प्रतिक्रिया दिनुहोस्