माउन्ट अन्नपूर्ण माविको स्पोट्र्स मिट ‘२०८३’ को समापन

माउन्ट अन्नपूर्ण माविको स्पोट्र्स मिट ‘२०८३’ को समापन
२०८३ कार्तिक २१ गते शुक्रबार ०७:५०

पोखरा, कार्तिक २०/पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा स्पोट्र्स मिट अन्तरगर्त रहेर बिभिन्न खेलकुदका कार्यक्रमहरुको शुक्रबार बिद्यालय परिसमा समापन गरिएको छ । कार्तिक १७ गतेबाट शुरु भएको वार्षिक...

रातो सदन पहिलो,

पोखरा, कार्तिक २०/पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा स्पोट्र्स मिट अन्तरगर्त रहेर बिभिन्न खेलकुदका कार्यक्रमहरुको शुक्रबार बिद्यालय परिसमा समापन गरिएको छ । कार्तिक १७ गतेबाट शुरु भएको वार्षिक खेल सप्ताह ‘२०८३’ अन्तर्गत ४ दिने स्पोट्र्स मिटको समापन गरिएको बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए । खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गरेका थिए। खेलहरु अन्तरर्गत हेन्डबल, भलिवल,टेबुल टेनिस,फुटसल,दौड,लङजम्प,डोरीतान लगाएका खेलहरु आयोजना गरिएको खेल संयोजक उमेश खनालले जानकारी दिए । उक्त खेलहरु बिद्यालयमा,इलाइट एकेडेमि नदिपुर र पोखरा रंङशालामा सञ्चालन भएका थिए । समापन कार्यक्रममा बोल्दै बिद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरुङले खेलकुदको महत्व माथि प्रकास पार्दै खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अन्नपूर्ण अग्रपंक्ति रहेको उल्लेख गरे ।

बिद्यालयका प्राचार्य श्रेष्ठले खेलकुदले विद्यार्थीहरूको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने र आगामी दिनमा पनि खेलकुदलाई निरन्तरता दिने बताए ।कार्यक्रममा विद्यालयका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्ग ,प्रशासनिक प्रमुखहरु चित्र गुरुङ र झम गुरुङ, पूर्व अध्यक्ष चिजकाजि गुरुङ, एकेडेमिक हेड सेजल बिजुक्छेले बिद्यालयले आयोजना गदै आएको खेलकुद्को महत्व माथि प्रकाश पारेका थिए ।

बार्षिक खेलकुदका कार्यक्रमहरु अन्तरगर्त ४ वटा सदन बिभाजन गरि आयोजना गरिएको थियो, जस अन्तरगर्त रातो सदन पहिलो,हरियो सदन दोस्रो,निलो सदन तेस्रो र पहेलो सदनले सान्त्वना स्थान प्राप्त गर्दा फेयरप्ले अवार्ड पहेलो सदनले प्राप्त गरेको खेल शिक्षक एन्जल पुनले बताए । बिद्यालयका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक इन्दिरा शर्माले गरेकि हुन् । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ यो गण्डकी प्रदेशकै निजि स्तरबाट सञ्चालित पहिलो बिद्यालय हो ।

प्रकाशित मिति २०८३ कार्तिक २१ गते शुक्रबार ०७:५०
प्रतिक्रिया दिनुहोस्