माउन्ट अन्नपूर्ण माविमा खेलकुद उत्सव

माउन्ट अन्नपूर्ण माविमा खेलकुद उत्सव
२०८३ कार्तिक १८ गते मङ्गलबार ०६:११

पोखरा, कार्तिक १७/ पोखरा, ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा बार्षिक खेलकुदका कार्यक्रम (स्पोट्र्स मिट) शुरु भएको छ । खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले...

पोखरा, कार्तिक १७/ पोखरा, ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा बार्षिक खेलकुदका कार्यक्रम (स्पोट्र्स मिट) शुरु भएको छ ।

खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गर्ने बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।

विद्यालयका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्ग,प्राचार्य श्रेष्ठ ,प्रशासनिक प्रमुखहरु चित्र गुरुङ र झम गुरुङ, त्यस्तै अतिरिक्त क्रियाकलाप निर्देशक तेज गुरुङ र एकेडेमिक हेड सेजल बिजुक्छेले कार्यक्रमको संयुक्त रूपमा उद्धघाटन गरेका हुन् ।

मंगलवारबाट शुरु भएका खेलकुदका कार्यक्रमहरु शुक्रवार सम्म सञ्चालन हुनेछन् । खेल उत्सवमा हेन्डबल, भलिवल,टेबुल टेनिस,फुटसल,दौड,लङजम्प,डोरीतान लगाएका खेलहरु सञ्चालन हुनेछन् ।

कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरुङले खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै पढाइसँगै खेलकुद गतिविधिलाई पनि विद्यालयले प्राथमिकतामा राखेको बताए । उनले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सबल बनाउनुका साथै नेतृत्व क्षमता, समूहमा मिलेर काम गर्ने बानी र हारजितलाई सहज रूपमा स्वीकार गर्ने संस्कारको विकास गर्न सहयोग पु¥याउने धारणा राखे ।

प्राचार्य श्रेष्ठले विद्यालयले विद्यार्थीको रुचि र क्षमताअनुसार विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै आएको र स्पोट्र्स मिटले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

बार्षिक खेलकुदका कार्यक्रमहरु २ दिन बिद्यालयका साथै इलाइट एकेडेमि नदिपुर र २ दिन पोखरा रंङशालामा हुनेछन् भने एथलेटिक्स र ह्यान्डबलका खेलहरु पोखरा रंङशालामा हुने खेल शिक्षक एन्जल पुनले बताए । प्रतियोगिता अन्तरगर्त पहिलो दिन बाष्केटबल, टेवुलटेनिस, भलिवल लगाएतका खेलहरु सम्पन्न भएको खेल संयोजक उमेश खनालले जानकारी दिए । बिद्यालयका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक दुर्गा दत्त सुवेदीले गरेका हुन् ।

प्रकाशित मिति २०८३ कार्तिक १८ गते मङ्गलबार ०६:११
प्रतिक्रिया दिनुहोस्