खर्वाङको बजार क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई ठाउँको ठाउँ जरिवाना

खर्वाङको बजार क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई ठाउँको ठाउँ जरिवाना
२०७८ असार २४ गते बिहिबार ०६:३९

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका–२ स्थित खर्वाङ बजार क्षेत्रमा कोरोना संक्रमण अत्यधिक देखिएपछि स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । सोही क्रममा प्रहरी चौकी खर्वाङले सोमबार मास्क नलगाई हिँड्ने १३ जनालाई कारबाही गरेको...

स्वास्थ्य मापदण्ड पालनामा कडाइ......

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका–२ स्थित खर्वाङ बजार क्षेत्रमा कोरोना संक्रमण अत्यधिक देखिएपछि स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । सोही क्रममा प्रहरी चौकी खर्वाङले सोमबार मास्क नलगाई हिँड्ने १३ जनालाई कारबाही गरेको छ । प्रहरीले मास्क नलगाई हिँडडुल गर्नेलाई प्रतिव्यक्ति एकसय रुपैयाँका दरले जरिवाना गरेको हो ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने जो–कोहीलाई कारबाही गरिने प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी नायब निरीक्षक अनुप केसीले जानकारी दिनुभयो । यसअघि आइतबार बडिगाड गाउँपालिका–२ को कार्यालयले सरोकारवालासहितको बैठकबाट बजार क्षेत्र असार २७ गतेसम्म सिल गर्ने निर्णय गरेको थियो । त्यस्तै बडिगाड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य मापदण्ड पालना गराउन ध्यानाकर्षण गराएको जनाईएको छ ।

असार १७ गते संकलित स्वाबको पीसीआर परीक्षणमा ४६ जनालाई पोजिटिभ देखिएपछि वडा नम्बर २ लाई सिल गरिएको हो । पछिल्लो समय बाग्लुङ जिल्लाका विभिन्न पालिकाहरुमा कोराना संक्रमितको संख्या बढ्न थालेको छ ।

प्रकाशित मिति २०७८ असार २४ गते बिहिबार ०६:३९
प्रतिक्रिया दिनुहोस्