बुर्तिबाङमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

बुर्तिबाङमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते
२०७८ भदौ २३ गते बुधबार ०५:२१

बागलुङ-  जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा पिकअप जिपले मोटर साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते हुनुभएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर १ पेट्रोल पम्प नजिक बुधबार बिहान करिब ८ बजे विपरित दिशाबाट आएको ग २ च ७६६७ नम्बरको...

बागलुङ-  जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा पिकअप जिपले मोटर साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते हुनुभएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ पेट्रोल पम्प नजिक बुधबार बिहान करिब ८ बजे विपरित दिशाबाट आएको ग २ च ७६६७ नम्बरको पिकअप जिपले ग ५ प १९९९ नम्बरको को मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रोहित थापा घाइते भएको प्रहरीले जनाएको छ ।

थापाको शरिरको विभिन्न भागमा चोट लागेको हो उहाँलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो । घाईते अहिले खतरामुक्त रहेको र घटनाको बारे थप अनुसन्धान भैरहेको निरिक्षक वन्तले जानकारी दिनु्भयो ।

प्रकाशित मिति २०७८ भदौ २३ गते बुधबार ०५:२१
प्रतिक्रिया दिनुहोस्