ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानीको सिंगो गाउँ एमालेमा प्रवेश गरेको छ । नेकपा एमाले ढोरपाटन नगरपालिकाले मंगलबार बुर्तिबाङ बजारको दरवार होटेलमा पार्टि प्रवेश कार्यक्रम आयोजना गरेर उनीहरुलाई एमालेमा भित्र्याएको हो ।
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहित नगरपार्टिको कार्यक्रममा उनीहरु खादा र अविर लगाएर विभिन्न पार्टि परित्याग गर्दै एमाले प्रवेश गरेको जनाएका छन् ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट पूर्व वडा अध्यक्ष सुरेन्द्र विक सहित काँग्रेस, माओवादीका स्थानीय नेता, कार्यकर्ता र समथैकहरु सबै एमाले प्रवेश गरेका छन् ।
प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०६:३२