गण्डकी प्रदेश आमसञ्चार विधेयक सच्याएर उत्कृष्ट बनाउने सञ्चारमन्त्री थापाको भनाई

गण्डकी प्रदेश आमसञ्चार विधेयक सच्याएर उत्कृष्ट बनाउने सञ्चारमन्त्री थापाको भनाई
२०७८ असोज १४ गते बिहिबार ०६:३२

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक २०७७ सच्याएर उत्कृष्ट बनाउने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगले पोखरामा आयोजना गरेको मानअधिकारमैत्री...

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक २०७७ सच्याएर उत्कृष्ट बनाउने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगले पोखरामा आयोजना गरेको मानअधिकारमैत्री पत्रकारिता तालिमलाई सम्बोधन गर्दै प्रदेश सभामा विचाराधिन अवस्थामा रहेको आमसञ्चार विधेयकलाई देशकै उत्कृष्ट बनाउने गरि ल्याउने बताउनुभएको हो ।

उहाँले सरकारले ल्याउन लागेको विधेयकलाई विज्ञ, अग्रज पत्रकार र मानव अधिकारकर्मीहरुसँग छलफल गरेर मात्रै पास गर्ने भन्दै यो विधेयक सञ्चारकर्मीमैत्री हुने गरि ल्याउने दाबी गर्नुभयो । मन्त्री थापाले पछिल्लो समय पत्रकारितामा पनि विकृति भित्रिन थालेको बताउनुभएको छ ।

‘पछिल्लो समय समाचार विकाउनका लागि विभिन्न सञ्चार माध्यमले सकरात्मक भन्दा नकरात्मक कुरालाई बढी जोड दिएको पाइन्छ,’ मन्त्री थापाले भन्नुभयो ‘जुन विधेयक अहिले प्रदेश सभामा विचारधिन अवस्थामा छ, त्यसलाई सबै सरोकारवालासँग छलफल गरेर मात्रै ल्याउँछौँ, जुन विधेयक अन्य प्रदेशकोभन्दा उत्कृष्ट होस भन्ने आफूले चाहेको उहाँको भनाई थियो ।

प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार ०६:३२
प्रतिक्रिया दिनुहोस्