नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष कुसुम द्धारा पदभार

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष कुसुम द्धारा पदभार
२०७८ पुस २ गते शुक्रबार ११:१५

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष गायत्री गुरुङ ‘कुसुम’ले पदभार ग्रहण गर्नुभएको छ । नव निर्वाचित गुरुङले पोखरा १०, बुद्धचोक स्थित पार्टी प्रदेश कार्यालयमा गएर...

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष गायत्री गुरुङ ‘कुसुम’ले पदभार ग्रहण गर्नुभएको छ । नव निर्वाचित गुरुङले पोखरा १०, बुद्धचोक स्थित पार्टी प्रदेश कार्यालयमा गएर बिहिबार पदभार ग्रहण गर्नुभएको थियो ।
अध्यक्ष गुरुङलाई पार्टी केन्द्रीय कमिटीका सदस्य एवं प्रदेशका इन्चार्ज हितराज पाण्डेले पदभार ग्रहण गराउनुभएको थियो । प्रदेश समितिको मंसिर २५ गतेदेखि पोखरामा सुरु भएर सोमबार सकिएको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २८ जना पछि थप्ने गरी दुई सय एक सदस्सीय समिति निर्वाचित गरेको थियो ।

अध्यक्षमा चयन भएकी नेतृ गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक समेत हुनुहुन्छ । जनयुद्धको सुरुआतदेखि नै भूमिगत भएर उहाँ माओवादी आन्दोलनमा होमिनुभएको थियो । गण्डकी प्रदेशको पार्टीलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति २०७८ पुस २ गते शुक्रबार ११:१५
प्रतिक्रिया दिनुहोस्